रियलमी ९ शृंखलाको पछिल्लो संस्करण सार्वजनिक
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा नौ श्रेणीअन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी ९ उपलब्धताको घोषणा गरेको छ । यो स्मार्टफोन अर्को सातादेखि दराज र सबै मेनलाइन च्यानलहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उत्कृष्ट प्रोलाइट क्यामेरा र सामसङ आईएसओसेल एचएम६ इमेज सेन्सर साथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोनमध्ये एक हो । यसले कम प्रकाशमा पनि फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ । १०८ एमपी प्रोलाइट क्यामेरामा आठ एमपी रिजोल्युसनको साथ १२० डिग्री सुपर वाइड क्यामेरा र दुई एमपी रिजोल्युसनको साथ चार सेमी म्याक्रो क्यामेरा छन् । रियलमी ९ स्न्यापड्रागन ६८० प्रोसेसरसहित छ एनएम प्रक्रियामा आधारित छ ।
यो स्मार्टफोनमा १०२४० स्तरको ब्राइटनेस समायोजनको साथ ९० हर्जको सुपर एमोलेड डिस्प्ले छ । साथै यसमा भएको १६ एमपी सेल्फी क्यामेराले अँध्यारोमा पनि प्राकृतिक र उत्कृष्ट सेल्फी लिन सकिन्छ । यो फोन ३३ वाट डार्ट टेक्नोलोजीद्वारा समर्थित पाँच हजार एमएएच मेगा ब्याट्रीसँग सुसज्जित छ । रियलमी ९ मा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन छ, जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ । यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र डायनामिक -याम विस्तार प्रविधि डीआरई पनि समावेश गरेको छ । यसले पहिले अवस्थित -याममा ५ जीबीसम्म थप्नसक्छ, यो ७.९९ एमएम स्लिम र तौल १७८ ग्राम मात्र छ । यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.० सहित उपलब्ध छ ।
यो फोन दुई भिन्न भेरियन्ट र तीन भिन्न रंगहरु टारगेज ह्वाइट, सनबस्र्ट गोल्ड र मिटियर ब्ल्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य ८/१२८ जीबी भेरियन्टको लागि मूल्य ३३ हजार चार सय ९९ रुपैयाँ र ६/१२८ जीबी भेरियन्टको लागि मूल्य ३१ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । ८/१२८ जीबी भेरियन्ट अर्को सातादेखि खरिदको लागि उपलब्ध हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया