विद्युतीय सार्वजनिक सवारीसाधनको सडक कर घटाउनु स्वागतयोग्य : सुन्दर यातायात
काठमाडौं । सुन्दर यातायात प्रालि ले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमार्फत विद्युतीय सार्वजनिक सवारीसाधनमा लाग्दै आएको सडक कर घटाउनु स्वागतयोग्य भएको जनाएको छ ।
सरकारले बजेटमार्फत विद्युतीय सार्वजनिक सवारीसाधन, ठूला किसिमका बसलगायत अन्य सार्वजनिक रुपमा सञ्चालन हुने सवारीसाधनको सडक कर पाँच प्रतिशतबाट घटाएर २ दशमलव ५ प्रतिशत कायम गरेको छ । सुन्दर यातायातले सडक कर खारेज गर्न माग गर्दै आइरहेको थियो ।
यस्तै विश्वव्यापी रुपमा विद्युतीय सवारीसाधनलाई सञ्चालनमा राहत सहुलियत अनुदान उपलब्ध गराइरहेको समयमा नेपालमा भने किलोवाटको हिसाबमा अन्तःशुल्क तथा करको दायरा बढाउनु न्यायोचित नभएको पनि कम्पनीले जनाएको छ । देशमा उत्पादित हुने विद्युत्बाट सञ्चालन हुने र उच्च मात्रामा इन्धनजन्य पदार्थ आयातलाई रोक्न सघाउँदै आएको विद्युतीय सवारीसाधनको आयातमा लगाइएको अन्तःशुल्क र करको दायरा घटाउन कम्पनीले माग समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया