आईपीओ जारी गर्दै सगरमाथा जलविद्युत् कम्पनी
काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता एक कार्यक्रमको आयोजना गरी गत बिहीबार सम्पन्न भयो ।
सम्झौतामा सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष डा. श्री भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटलका लिमिटेडका तर्फबाट चिफ बिजनेस अफिसर बासु थपलियाको उपस्थिति रहेको थियो ।
कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९ दशमलव ६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेठ ३२ देखि जलविद्युत् उत्पादन सुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत् उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।
कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब १२ करोडमध्ये स्थानीयका लागि १० प्रतिशतवापत ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ताबराबरको साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया