Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहाकाली चारलेन पुलको काम दुई महिनामा चार प्रतिशत प्रगति

महाकाली चारलेन पुलको काम दुई महिनामा चार प्रतिशत प्रगति


धनबहादुर जप्रेल
महेन्द्रनगर, फागुन ७
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १२ स्थित महाकाली नदीमाथि निर्माण भइरहेको चारलेन पक्की पुलको काम पछिल्लो दुई महिनाको अवधिमा चार प्रतिशत प्रगति भएको छ । महाकाली नदिमा निर्माण भइरहेको पुलको काम अहिलेसम्म करिब ४० प्रतिशत काम सम्पन्न भएको महाकाली पुल आयोजनाले दाबी गरेको छ । आयोजनाले यसै आर्थिक वर्षमा ६५ देखि ७० प्रतिशतसम्म काम गरिसक्ने लक्ष्य रहेको बताएको छ । पुलले गत मंसिर अन्तिम सातासम्म करिब ३६ प्रतिशत काम सम्पन्न गरेको थियो । हाल दुई महिनामा चार प्रतिशत बढाएर ४० प्रतिशत सम्पन्न गरेको बताएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा काम सुरु गरेको पुल आयोजनाले हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर सुलभ न्यौपानेले बताए । हाल पुलको फिडिङ निर्माण गरी पिल्लर हाल्ने र स्लाब निर्माण गर्ने काम भइरहेको छ । साथै पुलदेखि राजमार्गसम्म जोड्ने ६ लेनको बाटो निर्माणका लागि नाली बनाई भुजेलादेखि ओदालीसम्म ६ लेनको बाटो निर्माण पनि भइरहेको छ । ‘पुलको ३६ प्रतिशत जति काम भइरहेको छ, हाल पुलको पिल्लर हाल्ने र ६ लेनको पहुँचमार्गमा नाली बनाइसकेर ६ लेनको बाटो निर्माण गर्ने काम भएरहेको छ । उक्त बाटोलाई यसै आर्थिक वर्षमा कालोपत्रे गरिसक्ने योजनामा काम गरिहेका छौँ ’ इञ्जिनियर न्यौपानेले भने ।

गत आर्थिक वर्ष २०७४/७५ भदौमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेपछि पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले निर्माण सामग्री जडान पुलको पिल्लर बनाउने र राजमार्ग जोड्ने ६ लेनको सडक निर्माणको कार्य गरिरहेको छ । निर्माण कम्पनीले पुल निर्माणस्थलमा हाल पुलको मुख्य पिल्लरहरू र सहायक पिल्लर बनाउनुका साथै पुलमाथि स्लाबहरू जोड्ने कार्य पनि गरिहेको छ ।

कम्पनीले हालसम्म १४ वटा पिल्लर निर्माण गरिसकेको छ भने पुलको बीच भागमा तीनवटा पिल्लरमा पुलको निर्माणका लागि स्लाब र स्पान जोड्ने काम भइरहेको छ । यसका साथै पारापेटपोष्ट पनि निर्माणको काम भइरहेको छ । भने यसका साथै नयाँ पश्चिम तर्फतिर नयाँ पिल्लर निमार्णका लागि फाउण्डेसन खन्ने काम भइरहेको आयोजनाका इञ्जिनियर न्यौपानेले बताए । आगामी असारसम्ममा पुलको पिल्लरको फाउण्डेसनको काम सम्पन्न गरिसक्ने उनले बताए ।

हालसम्म एक अर्ब २० करोड बजेट सकियो : आयोजनाले हालसम्म पुल निर्माणका क्रममा करीब एक अर्ब २० करोड रूपैयाँ सकिएको बताएको छ । तीन अर्व २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । पुलको हालसम्म ६० प्रतिशत काम सम्पन्न गर्दासम्म करीब एक अर्ब २० करोड रूपैयाँ फछ्र्योट भइसकेको सूचना अधिकारी न्यौपानेले बताए । आयोजनाले आर्थिक वर्ष २०७४/७५ मा साढे छ करोक बजेट खर्च गरेको बताएको छ भने गत आर्थिक वर्ष ७५/७६ मा ८२ करोड ५० हजार बजेट खर्च गरेको थियो । सरकारले यस आर्थिक वर्षमा पुलको लागि ९० करोड विनियोजन गरेकोमा हालसम्म २० करोड खर्च भइसकेको आयोजनाका इञ्जिनियर न्यौपानेले बताए ।

मुआब्जाको काम टुङ्गियो : महकाली पुल आयोजनाले पुल आयोजनाको सडकमा पर्ने जग्गाधनीको मुआब्जा वितरणको काम पनि लगभग सकिएको बताएको छ । आयोजनाले मुआब्जा वितरणका लागि करिब १० करोड बजेट छुट्याएका थियो । जसमा दर्तावाला जग्गाधनी र ऐलानी जग्गा रहेका जग्गाधनी दुवैलाई मुआब्जाको टुङ्गो लगाई पारित गर्नका लागि पठाइसकिएको आयोजनाका इञ्जिनियर न्यौपानेले बताए । ‘६ लेनको सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा दिन १० करोड रूपैयाँ बजेट यो वर्ष विनियोजन भएको थियो ।’ न्यौपानेले भने ‘मुआब्जा वितरणको कार्य करिब–करिब पूरा भएकाले सडक निर्माणको लागि सडकछेउको नाली निमार्णको काम पनि सुरु भएरहेको छ, पुलसँगै महाकाली नदीवारि करिब ६ किलोमिटरको बाटोलाई यसै वर्षमा कालोपत्रे गर्ने योजना छ’ उनले भने ‘पुलका लागि चालू आर्थिक वर्षमा ९० करोड रकम आएको छ ।’

महाकाली पुलको निर्माण अवधि ३ वर्ष तोकिएकोमा हाल एक वर्ष थप गरिएको छ । सम्झौताअनसार पुल निर्माण कार्य विसं २०७७ भदौमा सम्पन्न हुने भनिए पनि सरकारका काम कारबाही र ७४ सालको निर्वाचनलगायतका कामले मुआब्जा वितरणलगायतका कामको ढिलाइले गर्दा पुल निर्माणको काम समयमै नसकिने भन्दै एक वर्ष समयावधि थप गरेको सूचना अधिकारी न्यौपानेले बताए । नयाँ सम्झौताअनुसार अब पुलको निर्माण कार्य २०७८ भदौमा सम्पन्न हुने बताए । पुल निर्माण भएपछि उक्त नाका नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास हुने स्थानीयवासीको अपेक्षा रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया