अमेरिका, फागुन ७
चर्चित स्मार्टफोन निर्माता एप्पलले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणले आईफोन आपूर्तिमा असर गर्नसक्ने चेतावनी दिएको छ । कोरोनाकै कारण उत्पादन र बिक्री प्रभावित भएको कारण विश्वव्यापी आपूर्तिमा अस्थायी अवरोध हुनसक्ने देखिएको कम्पनीले जनाएको छ ।
कोरोना महामारीले व्यवसाय प्रभावित हुनसक्ने देखिएको बताउने एप्पल पहिलो अमेरिकी कम्पनी भएको बीबीसीले जनाएको छ । जारी त्रैमासिकमा कम्पनीले ६७ अर्ब डलर आम्दानी हुने कीर्तिमानी अनुमान गरेको थियो । कम्पनीको आईफोन उत्पादन साझेदार क्षेत्र पनि हुवेईमै रहेको छ । सोही प्रान्तमा अहिले कोरोना भाइरसको महामारी फैलिएको छ । उत्पादन सुरु भए पनि निकै सुस्त भएको बताइएको छ । चीनमा रहेका सबै एप्पल स्टोरहरु र धेरै साझेदार स्टोर हाल बन्द रहेका छन् । खुलेका स्टोरमा पनि काम गर्ने अवधि घटाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया