चिनियाँ सैन्य अधिकारीसँग प्रचण्डको गोप्य भेटवार्ता
काठमाडौँ । नेपालमा बढ्दो अमेरिकी प्रभाव र तिब्बती स्वतन्त्रताको चलखेलका विषयमा अत्यत्न असन्तुष्ट रहेको चीनको पिपुल्स लिबरेसन आर्मी पीएलएका लियु जियाओगाउले बुधबार सत्तारुढ गठबन्धनका प्रमुखमध्येका एक नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लामो गोप्य भेटवार्ता गरेका छन् ।
प्रचण्डले बुधबार बिहान चिनियाँ सैन्य अधिकारीसँग आफ्नै निवास खुमलटारमा गोप्य भेटवार्ता गरेका हुुन् । उनी चिनियाँ दूतावासका राजनीति तथा प्रेस हेर्ने दुई सहयोगीलाई साथमा लिएर प्रचण्ड निवास पुगेका थिए । नेपालमा रहेको चिनियाँ डिफेन्स एटेची रहेका कर्णेल लियुले यसरी राजनीतिक नेतृत्वसँग गोप्य भेटवार्ता गर्नुलाई निकै अर्थपूर्णरुपमा लिइएको छ ।
सामान्यतया यसरी सैनिक अधिकारीले कार्यरत देशको राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिँदैन ।
त्यस्ता सबै भेटवार्ता राजदूतले नै गर्ने गर्छन् । तर चिनियाँ राजदूत हाउ यान्छी बेइजिङ गएकी छिन् । उनलाई २२ दिनअघि पछिल्लो अवस्था ब्रिफिङका लागि बेइजिङ बोलाइएको थियो । नेपालबाट गएपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि उनी आठ दिन मात्र क्वारेन्टाइनमा बसेर बाहिर निस्किएका थिइन् । बेइजिङमा पछिल्लो अवस्था ब्रिफिङ गरेपछि उनी थाइल्यान्ड पुगेको समाचार स्रोतले दाबी गरेको छ ।
ठीक त्यही बेला डिफेन्स एटेची कर्णेल लियुले माओवादी अध्यक्ष प्रचण्डसँग गोप्य भेटवार्ता गरेका हुन् । चिनियाँ महान् नेता माओको नाउँमा नेपालमा राजनीति गर्दै आएका नेता प्रचण्ड नेपालको राजनीतिका अत्यन्त रहस्यमय, अस्थिर र चलायमान नेता मानिन्छन् ।
उनी कहिले भारतपरस्त देखिन्छन् त कहिले अमेरिकानिकट देखिन्छन् । माओको नाम जोडेर राजनीति गरेकाले उनले चीनलाई पनि त्यसैगरी बेलाबखतमा विवेकको बन्दी बनाउँदै आएका छन् । प्रचण्डका यही भूलभुलैयाका बीचबाट कुनै पनि देशीविदेशी राजनीतिक शक्तिकेन्द्र अछूतो रहनसकेका छैनन् । बिगतमा उनले एमसीसी पास गर्न खेलेको नागबेली भूमिका तीमध्येको एक उदाहरण मात्र हो ।
एमसीसीकै बुई चढेर नेपालमा अमेरिकी प्रभाव व्यापक बढेको बेला प्रचण्डले चिनियाँ सैन्य अधिकारीसँग गरेको गोप्य वार्ताले प्रचण्डको अर्को रुप उजागर गरिदिएको छ । यस्तो दुर्लभ भेटवार्ताको पछाडिको रहस्यचाहिँ खुल्नसकेको छैन । तर अमेरिकी जर्नेल चाल्स एभ्लामनले नेपालको भ्रमण गरेर फर्किएलगत्तै चिनियाँ कर्णेल लियुले प्रचण्डसँग गरेको गोप्य भेटवार्तालाई कम आँक्न सकिँदैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया