टीसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड
काठमाडौं । नयाँ आयाम र उत्पादनहरुको डिजाइन थप्न सधै अग्रसर टीसीएल ब्राण्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले टीसीएल ग्लोबल नम्बर १ एण्ड्रोइड टिभी ब्रान्ड प्रमाणित गरेको छ । टीसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरीय उत्पादनले प्रख्यात भएको छ ।
ओम्दिया ग्लोबल टि.भी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत बर्ष सन २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यसमध्ये सात करोड ३२ लाख एन्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएका थिए, जसको २०.७ प्रतिशत टिभी यानी एक करोड ५१ लाख वटा टीसीएलको टिभीको सिपमेन्ट भएको थियो, जसले टीसीएललाई मार्केट सेयरको आधारमा ग्लोबल नम्बर १ एण्ड्रोइड स्मार्ट टिभी ब्रान्ड बनाएको छ ।
टीसीएल ब्राण्डले नेपाली बजारमा छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल भएको छ । ३२ देखि ७५ इन्चसम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टीसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके, फोरके यूएचडी, कभर्ड स्मार्टका साथै गुगल टिभी पनि भित्र्याएको छ । ग्राहकहरुको उच्च रोजाइ बन्न सफल भएको टीसीएल ब्राण्डले आफ्ना टिभीहरुमा तीन वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।
नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायतका उपकरणहरु नेपाली बजारमा बिक्री हुने गरेको छ । कम्पनीका डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया