राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं, फागन ९
प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौँ महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । एक्टेन्सन काउन्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुुन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभु बैंकले प्रभावकारीरूपमा सञ्चालन गरिरहेको छ । प्रभुको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभुको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुुई सय आठवटा शाखा, एक सय ५७ एटीएम, ४५ वटा एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखारहित बैंकिङ सेवामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया