सुबास बस्नेत
दोलखा, फागुन ११
लामोसाँघु जिरी सडकखण्डअन्तर्गतको काठमाडौँदेखि दोलखा जोड्ने मुख्य सडक ठेकेदार कम्पनीको लापरबाहीको कारण पाँच वर्षदेखि अलपत्र भएको छ । लामोसाँघु जिरी सडकअन्तर्गतको मुडेदेखि चरीकोटसम्मको ३० किलोमिटर सडकको कालोपत्रेसहितको सडक स्तरोन्नति गर्न एक्जिम बैंकको आर्थिक सहयोगमा ठेक्का सम्झौता गरेको करिब पाँच वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीले सडक निर्माणमा चासो नदिँदा यात्रु दैनिक सास्ती खेप्नुपरेको छ ।
भारतिय एक्जिम बैंकको झण्डै एक अर्ब २४ करोड ऋण लगानी निर्माण हुनलागेको लामोसाँघु जिरी सडक खण्डको खाँडीचौरदेखि चरीकोटसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएको थियो । उक्त सडकको निर्माण दुई वर्षभित्र सक्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि सडक निर्माणको कामले गति लिनसकेको छैन । लामोसाँघु मुडे सडकखण्डअन्तर्गत चेनेज शून्य किमिदेखि २५ किमि लामोसाँघु मूडे सडकखण्डको काम सीमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीलाई जिम्मा दिएको थियो भने चेनेज २५ किमिदेखि ५५ किमिसम्म मुडे–चरीकोट सडकखण्डको काम शकिल हेदर, शंकरमाली, सुनौला खिम्ति जेभीलाई दिइएको थियो । सडक निर्माणको काम सकाउन जिल्लाका स्थानीयवासी, नागरिक समाजका अगुवा, पत्रकार र व्यवसायीहरुले निरन्तर दबाबमूलक कार्यक्रम गरिरहे पनि सडकको कामले गति लिनसकेको छैन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया