मेट लाइफद्वारा काभ्रेमा पुनर्निर्माणका लागि सहयोग
काठमाडौं, फागुन ११
मेट लाइफ नेपालका एक सय ३० जना कर्मचारीहरु २०७५ माघ २९ देखि फागुन २ गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटीसँग सहकार्य गरी पाँँचखाल काभ्रेको भूकम्प प्रभावित क्षेत्रमा आवास पुनर्निर्माणकार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन् ।
स्वयंसेवीको टोलीमा मेट लाइफ नेपालको भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मलकाजी श्रेष्ठसँगै हेड अफ अपरेसन, रामकुमार यादव सामेल रहेका थिए । समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसँगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए । मेटलाइफले पुनर्निर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गर्न पाउँदो गौरव महसुस भएको जनाएको छ । ‘हरेक दिन विश्वका लाखौं ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौं र हाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हो’, कम्पनीले भनेको छ ।
‘स्वयंसेवाको कार्यले हामीलाई स्थानीय समुदायसँग अन्तक्र्रिया गर्ने मौका त मिल्यो नै यसले उनीहरु र उनीहरुको परिवार सँगसँगै काम गर्ने, उनीहरुको जीवनलाई नजिकबाट नियाल्ने र उनीहरुको आवश्यकता बुझ्ने मौका पायौँ’, निर्मलकाजी श्रेष्ठले भने । मेट लाइफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटीसँग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ । सन् २०१९ मा मेट लाइफका आठ हजार एक सयभन्दा बढी स्वयंसेवीले एसियाका नौ देशमा २५ हजारभन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया