रन शुजले नयाँ मोडलका जुत्ता बजारमा ल्यायो
काठमाडौं । रन शुज इन्ड्रष्ट्रिज प्रालिले २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । उपभोक्ताहरुको चाहना, बिक्रेताको भावना तथा बदलिँदो फेसनलाई मध्यनजर गर्दै नजिकै आउँदै गरेको चाडपर्वहरुलाई लक्षित गरी विभिन्न नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले विशेषतः पछिल्लो समयमा लेडिज स्पोर्टस शुज नेपाली ब्राण्डमा कमै मात्र बजारमा पाइने अवस्थामा महिला र पुरुष दुवै वर्गको लागि जुत्ताहरु बजारमा ल्याएको हो । समय र ग्राहकको चाहनाअनुसार विभिन्न कलरहरुमा उपलब्ध जुत्ताहरुले आम उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ । स्पोर्टस, फेन्सी तथा युवाहरुको चाहनाअनुसार पार्टी, क्याजुअल र लोफर मोडलका जुत्ताहरु बजारमा उपलब्ध छन् । रन शुजका उत्पादनहरु उच्च गुणस्तरको फ्लेक्जिबल इनेरसोल, नचिप्लिने रवर तथा पियूको सोलहरुमा बजारमा उपलब्ध छन् । रन ब्राण्डका जुत्ताहरुमा गुणस्तरीय मेटेरियल्स प्रयोग भएकोले रन ब्राण्डका जुत्ताहरु लगाउँदा आरामदायी फ्लेक्जिबल, लचकदार (बलियो) साथै रिजनेबल पनि छन् ।
रन शुजकोे हालसम्ममा एक हजारभन्दा बढी मोडलका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन् साथैे यसले ७७ वटै जिल्लाका मुख्य सहर तथा बजारहरुमा बिक्रीवितरण गर्दै आएको छ । निकट भविष्यमा यस कम्पनीका जुत्ता तथा चप्पलहरु विदेशी बजारमा निर्यात गर्न गृहकार्य भइरहेको कम्पनीले जनाएको छ । यस कार्यले देशले व्यहोर्दै आएको व्यापारघाटालाई घटाउन टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया