बझाङमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित
बझाङ । बझाङका विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक विद्यालयमा नपुग्दा पढाइ प्रभावित भएको छ । पाठ्यपुस्तक ल्याउन विद्यालयले समेत चासो नदेखाएको भन्दै विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी समेत गरेका छन् ।
दुर्गाथली गाउँपालिका वडा नं. २ मा रहेको चौधारी माध्यामिक विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् । विद्यालयले विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्नेगरी लापरबाही गरेका कारण विद्यालयमा तालाबन्दी गुर्नुपरेको चौधारी माविमा अध्ययनरत विद्यार्थीहरूले बताएका छन् ।
विद्यालयले शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तक उपलब्ध गराउने विषयमा कुनै चासो नदिएको, विद्यालयमा हालसम्म पनि खानेपानी, शौचालयलगायतका विषयमा ध्यान नदिएका कारण विद्यालयमा तालाबन्दी गर्नुपरेको उनीहरूले बताएका छन् । चौधारी माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी सागर मिश्रले बारम्बार विद्यालय प्रशासनलाई आफ्नो समस्या जानकारी गराएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको कारण तालाबन्दी गर्नुपरेको बताए ।
विद्यालयमा विद्यार्थीहरूका लागि शुद्ध पिउनेपानी पनि नभएको, उचित शौचालयको व्यवस्थापनमा समेत चरम लापरबाही गरेका कारण आफूहरूले आन्दोलन गर्नुपरेको अर्का विद्यार्थी प्रकाश जोशीले बताए ।यसबारे गाउँपालिका अध्यक्ष दिल बहादुर थापासँग बुझ्दा विद्यालयमा तालाबन्दी गरेको र पाठ्यपुस्तक नपुगेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
यता विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा पाठ्यपुस्तकको अभाव र खानेपानी तथा शौचालयको विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया