भायानेटको नयाँ शाखा महेन्द्रनगरमा
काठमाडौं । भायानेट कम्युनिकेसन लि.ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्वसाधारण पनि लाभान्वित हुनेछन् ।
पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरूमार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै एक सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् । यसै सन्दर्भमा महेन्द्रनगरमा सेवा विस्तार भएको खुसियाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा चार महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याएको छ । भायानेट महेन्द्रनगर भीमदत्त नगरपालिका १८ नजिकै प्रभु बैंकनजिकै खोलिएको छ ।
भायानेटले नेपालमा पहिलोपटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आईपी टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । भायानेट आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । भायानेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभर विस्तार गर्ने क्रममा छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया