सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या २१ प्रतिशतभन्दा बढीले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को भन्दा ०७८/७९ मा सम्बन्धविच्छेद गर्नेको संख्यामा २१ दशमलव ०६ प्रतिशतले कमी आएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ ।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा महिला वादी भएका २७ र पुरुष वादी भएका ११ गरी कुल ३८ थान सम्बन्धविच्छेदका मुद्दा परेको थियो । तर गत आर्थिक वर्षमा भने महिला वादी भएका २३ र पुरुष वादी भएका सात गरी ३० थान मात्रै मुद्दा दर्ता भएको छ । जुन संख्यात्मक हिसाबले आठ थान र प्रतिशतको हिसाबले २१ दशमलव ०६ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २४ र गत आर्थिक वर्षमा दर्ता भएका ३० थानमध्ये ४० थान सम्बन्धविच्छेदका मुद्दा गत वर्ष फैसला भएको अदालतका सूचना अधिकारी नागेन्द्र कुमार कालाखेतीले जानकारी दिए ।
उनका अनुसार १४ थान मुद्दा भने जिम्मेवारी सरेर चालू आर्थिक वर्षमा आएको छ । कतिपय श्रीमान्श्रीमतीको मुद्दाहरू स्थानीय तहहरूको न्यायिक समितिमा नै मिलापत्र गराउने भएकाले अदालतसम्म पुग्नेको संख्या घटेको हुनसक्ने सूचना अधिकारी कालाखेतीको भनाइ छ । वैदेशिक रोजगार, अशिक्षा, सानो उमेरमा हुने विवाहलगायतका कारण यस जिल्लामा सम्बन्धविच्छेद गर्नेको संख्या वर्षेनी बढ्दै गएको थियो । तर गत वर्ष भने संख्यामा कमी आएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया