एनआईसी एसिया बैंकका ग्राहकरूलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा छुट
काठमाडौं, फागुन १३
एनआईसी एसिया बैंकका ग्राहकरूलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट पाउने भएका छन् । बैंक र नेपा हिमा ट्रेड लिंक प्रालिबीच बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा छुुट दिने सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुुन् ।
सम्झौताअनुसार एनआईसी एसियाका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा बैंकको आफ्नै पस र क्यूओर कोड प्रयोग गरी सोनी ब्राभियाका टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम दुुई हजार रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुुने बैंकले जानकारी दिएको छ । बैंकका अनुुसार ग्राहकहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।
बैंकले कार्ड तथा मोबाइल बैंकिङबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर दुुई हजार दुुई सयभन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहकहरूले सजिलै प्राप्त गर्न सक्नेछन् । विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न तीन हजार सात सयभन्दा बढी स्थानहरूबाट पस तथा १२ हजारभन्दा बढी स्थानहरूबाट क्यूआर कोड स्क्यान सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले मुलुकभर तीन सय १९ शाखा कार्यालयहरू, चार सय ४६ एटीएम, एक सय तीनवटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन्् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया