म्यानचेस्टर युनाइटेड खरिद गर्न इच्छुक छन् बेलायती अर्बपति जिम
लन्डन । बेलायती अर्बपति सर जिम -याटक्लिफले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड किन्न चाहेको बताएका छन् । बीबीसीका अनुसार ६९ वर्षीय अर्बपतिको क्लब किन्ने चाहना सार्वजनिक हुनुअघि ब्लुमबर्गले ग्लेजर परिवारले क्लबको थोरै सेयर बिक्री गर्न चाहेको समाचारमा जनाएको थियो ।
‘यदि क्लब बिक्रीमा हो भने जिम साँच्चै सम्भावित क्रेता हो’, जिमका प्रवक्ताले टाइम्ससँग भनेका छन्, ‘यदि यो बिक्री सम्भव भए हामी दीर्घकालीन स्वामित्व लिने गरी मनसाय प्रकट गर्छौँ ।’ २० पटक लिग उपाधि जितेको क्लब इंग्लिस प्रिमियर लिगकै चर्चित फुटबल क्लब हो । प्रशिक्षक सर एलेक्स फर्गुसनले छाडेयता क्लबले लिगमा राम्रो नतिजा दिन सकेको छैन । भर्खरै सुरु भएको यो सिजनको लिगमा अंकतालिकामा क्लब सुरुवाती दुवै खेल गुमाउँदै अन्तिम स्थानमा झरेको छ ।
क्लबमा अहिले एरिक टेन ह्याग नयाँ प्रशिक्षक बनेर आएका छन् । सुरुमै हार व्यहोरेपछि ग्लेजर परिवारविरुद्ध चर्को आलोचना भएको थियो । खासगरी टोलीमा पर्याप्त लगानी नगरेको भन्दै आलोचना भएको छ । यो सिजनका लागि नयाँ खेलाडी भिœयाए पनि क्लबले राम्रो प्रदर्शन गर्न सकेको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एनआईसी एसिया बैंक तथा एनआईसी एसिया क्यापिटलमा निःशुल्क डिम्याट खाता
- मुक्तिनाथ विकास बैंकद्वारा इलाम र महोत्तरीमा वृक्षारोपण
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१औँ प्रतिवेदन पेस हुँदै
- आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण मंगलबार
- अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याइएको छ: उपाध्यक्ष पौडेल
- पहिरो खसेर मेसिन अपरेटरको मृत्यु
- कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
- संस्थान ध्वस्त, झा मस्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया