सामसङको अफर ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’
काठमाडौं । मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागि उत्साहजनक उपभोक्ता अफर ‘यो वर्षको दशैँ उपहार, डेली टिभी, ड्याम्मै कार’ सार्वजनिक गरेको छ ।
यो अफर भदौ १४ देखि असोज १४ गतेसम्म लागू रहने कम्पनीले जनाएको छ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ लेखेर स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नं. टाइप गरेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्नेछन् ।
यस अफरबारे जानकारी दिँदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङ उपभोक्ताहरुको जीवनलाई सहज बनाउन सधैँ प्रतिबद्ध रहेको बताए । चाडपर्वको मौसममा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने कोशिस कम्पनीले गर्ने उनको भनाइ छ । उनका अनुसार आफ्नो मनपर्ने सामसङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले आकर्षक उपहारहरू जित्ने मौका पाउनेछन् ।
यस योजनामा सहभागी बन्न हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्टफोन वा ट्याबलेटमध्ये कुनै एक खरिद गरेकै हुनुपर्दछ । यसरी सामान खरिद गरेपछि खरिदकर्ताले खरिद गरेको सामानको सिरियल नम्बरसहित अंग्रेजीमा सामसङ टाइप गरेर एक स्पेस दिई डिभाइसको सिरियल नम्बर राखेर ३५००१ मा एसएमएस पठाउनुपर्दछ । एसएमएस पठाउने सबै सहभागीहरुमध्ये विजेता चयन गरिनेछ र गोलाप्रथा साप्ताहिक रुपमा गरिनेछ । यद्यपि, योजना अवधिभरका लागि दैनिक रुपमा गोला प्रथा सञ्चालन गरिने र गोला प्रथालाई सामसङ फेसबुक पेजमा लाइभ हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजयी सिरियल नम्बरहरु सोही दिन फेसबुक पेजमा पोस्ट गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया