काठमाडौं । शाओमी नेपालले दशैँको अवसरमा शाओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ । कम्पनीको एक महिना लामो ह्यासट्याक दशमी क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि लक्की ड्रमा प्रत्यक्ष सहभागी भई उपहारहरू जित्ने मौका पाउनेछन् ।
कम्पनीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष यो अफर ल्याएको हो । यस क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले मीको फोर एस ६५ इन्चको टिभी, चार जनाले मीको ४३ इन्चको टिभी र दैनिक १० जनाले भाग्यशाली ग्राहकहरूले बड थ्री लाईट, मोसन नाइट लाइट र नेकब्याण्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउनेछन् ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले नेपालमा शाओमी लन्च भएदेखि नै मीका फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएको बताए । यसले कम्पनीका उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैँ प्रोत्साहित गरेको उनको भनाइ छ । शाओमीको दशमी अफरहरू बिहीबारदेखि असोज १४ गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ । यो अफर दराज र सस्तो डिलमा पनि लागू हुने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया