काठमाडौं । झण्डै चार वर्षपछि कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको फुडकोट सञ्चालनमा आएको छ । कोरोना महामारीअघि बन्द भएको फुडकोट नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको हो । टीटीएफसी नाममा सञ्चालनको आएको उक्त फुडकोटको बुधबार एक औपचारिक कार्यक्रमबीच सञ्चालनमा ल्याइएको हो ।
टीटीएफसीको कार्यकारी सञ्चालकमा रोजल शाही र मन्चिन शाक्य रहेका छन् । टीटीएफसीमा बार, कफीशप र फुड आइटमको स्टल छ । विस्तारै अन्य भेराइटीका स्टलहरु पनि थपिँदै जाने सञ्चालकमध्येका रोजल शाहीले बताए । उनले भने, ‘लामो समय यो फुडकोट बन्द थियो । जसका कारण यहाँ नियमित ग्राहकले समेत बिर्सिँदै गएका थिए । अब हामी विस्तारै यहाँको सेवा बढाउँदै लैजानेछौँ ।’
सिटी सेन्टरको चौथो फ्लोरमा रहेको टीटीएफसीसँगै बिग मुभिज छ । फुडकोट बन्द हुँदा सिनेमा हेर्न आउनेहरुलाई खाजाका लागि बाहिर क्याफे जानुपर्ने अवस्था निम्तिएको थियो । तर, टीटीएफसी सञ्चालनमा आएसँगै सजिलो हुने भएको छ । सिनेमा हेर्न आउने दर्शकका लागि मात्र नभएर बाहिर ग्राहकका लागि समेत लक्षित गरेर टीटीएफसी सञ्चालनमा ल्याएको अर्को सञ्चालक मन्चिन शाक्यले बताए । ग्राहकको मागअनुसार टीटीएफसीले लाइभ म्युजिकल इन्टरटेनमेन्ट समेत प्रदान गर्ने उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया