हुवावेका नयाँ फोनमा आफ्नो एप नचलाउन गुगलको आग्रह
अमेरिका, फागुन १५
इन्टरनेटमा खोजी गर्ने कम्पनी गुगलले आफ्नो एपहरु प्रतिबन्धित हुवावेका नयाँ मोबाइल फोनमा नचलाउन मोबाइल प्रयोगकर्तालाई आग्रह गरेको छ । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले उत्पादन गरेका पछिल्ला फोनहरुमा गुगलका एपहरु जिमेल, युट्युब, प्लेस्टोरहरु चल्दैनन् । तर एन्ड्रोइड फोनहरुले अप्रमाणीकृत स्रोतबाट ती एप पनि डाउनलोड गर्न अनुमति दिन्छ । सोही कारण गुगलले त्यसरी एपहरु साइडलोडिङ गर्दा उच्च जोखिमपूर्ण हुने चेतावनी दिएको हो । सीसीएस इन्साइटका विश्लेषक बेन वुडका अनुसार गुगलले त्यसरी सार्वजनिक चेतावनी दिनु जायज छ । सन् २०१९ को मेदेखि आफ्नो एप हुवावेका फोनमा चल्न नदिने कम्पनीले निर्णय गरेको थियो ।
अमेरिकी सरकारले चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्दै अमेरिकी कम्पनीलाई हुवावेसँग कारोबार नगर्न भनेको थियो । गुगलले अहिले एन्ड्रोइड फोन अपरेटिङ सिस्टमको पनि स्वामित्व लिएको कारण हुवावेका एन्ड्रोइड फोनमा समेत असर गरेको हो । गुगलले पछिल्लो घटनाक्रमलाई लिएर आधिकारिक सल्लाह सार्वजनिक गर्ने तयारी गरेको छ । यो मामिलामा अमेरिकी सरकार र हुवावे संलग्न भए पनि गुगल प्रत्यक्ष संलग्न छैन । हुवावेकै पुराना फोनमा भने गुगलका सबै एपहरु चलिरहेका छन् । तर नयाँ फोनलाई भने प्रमाणीकरण गर्न नसकिने कम्पनीले जनाएको छ । हुवावेले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । यसबारे आरोप हैन प्रमाण ल्याएर पुष्टि गर्न समेत उसले बारम्बार भन्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- गोर्खाज फाइनान्सका अध्यक्षको सपथ
- सन नेपाल लाइफको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
- समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट
- सेल्सवेरीका नयाँ दुई शाखा
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
- भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया