नेपालको पुँजीबजारको विकास र विस्तारको लागि नयाँ स्टक एक्सचेन्ज र ब्रोकर आवश्यक छ– चन्द्रसिंह साउद
पूर्वप्रमुख कार्यकारी अधिकृत, नेपाल स्टक एक्सचेन्ज लि.
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का पूर्वप्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने नेपालको पुँजीबजारको विकास र विस्तारको लागि नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी आवश्यक रहेको बताएका छन् । ‘नेपालमा वि.सं. २०५० सालमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज छुटियो र यो अवधिमा नेप्सेले अनलाइन टे«डिङबाहेक अर्को के नै राम्रो काम ग-यो र ! यो अवस्थामा गुज्रिएको नेप्सेबाट नेपालको पुँजीबजारको विकास र विस्तार सम्भव छैन, नयाँ कम्पनी आउनैपर्छ’, पूर्वप्रमुख कार्यकारी अधिकृत साउदले भने ।
नयाँ कम्पनी आउँदा अहिले भएका ब्रोकर कम्पनी र नेप्से बीचमा पनि प्रतिस्पर्धी क्षमता बढ्ने हुँदा यसमा लगानीकर्ताहरु धेरै लाभान्वित हुने उनको भनाइ छ । सरकारी राजस्वको पुँजीबजारको योगदान अझ निकै बढी हुने उनी बताउँछन् । ‘मुद्रा बजारलाई व्यवस्थित प्रभावकारी बनाउन धेरै किसिमका मौद्रिक उपकरणहरु आउँछन्, यसको फाइदा भनेको आम लगानीकर्ताहरु, स्टेक होल्डरहरु सबैले पाउने हो, यो अवस्थामा नयाँ स्टक एक्सचेन्ज ल्याउनुहुँदैन भनेर वकालत गर्नु कदापि न्यायोचित होइन’, साउदले भने ।
विगतमा नेप्सेमा जति कारोबार हुन्थ्यो, अहिले कारोबारको भोलुम बढेको, पुँजीबजारको दायरा बढेको र लगानीकर्ताहरु बढेको यो अवस्थामा पुँजीबजारको विकासको लागि नेप्सेको मात्र भूमिका प्रभावकारी नहुने उनको तर्क छ । पूर्वप्रमुख कार्यकारी साउदले भने, ‘ब्रोकर कम्पनीको हकमा नेप्से कारोबार गर्ने प्लेटफर्म मात्र भएको र कारोबारको क्रममा देखिने ब्रोकर कम्पनीहरुको बदमासीलाई नेप्सेले कारबाही गर्छ, तर सम्पूर्ण कारोबारको नियमन गर्ने निकाय धितोपत्र बोर्ड नै हो । नेप्से होइन ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया