नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै
काठमाडौं । नेपाल बैंक लिमिटेडले ग्राहकको रुचि र आवश्यकता अनुसारका नयाँ–नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ । यसैअनुरुप बैंकले हालै मात्र सञ्चालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ ।
अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र पाँच वर्ष नौ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले पाँच लाख सम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउनेछ । सरकारी बैंक भएको र जनबिश्वास उच्च भएको कारणले पनि लामो समयमको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको देखिन्छ ।
संघ/संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत सञ्चालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम सात वर्ष दुई महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले एक लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् । बैंकले विदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ । अबदेखि यो खातामा विदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र पाँच वर्ष पाँच महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम २५ हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । नेपाल बैंक सरकारी बैंक भएको र नेपालभर शाखा सञ्जाल भएको कारणले पनि विदेशमा रहेका नेपालीहरुबीच नेपाल बैंकको डबल धमाका रेमीट्यान्स मुद्दती खातामा बढ्दो आकर्षण देखिएको छ ।
यी डबल धमाका मुद्दती खाताहरु सीमित अवधिको लागि मात्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नेपालभर दुई सय १९ वटा शाखाहरु, एक सय ८६ वटा एटीएम साथै ४९ एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया