‘पूर्वाधार क्षेत्र मुलुकको आर्थिक वृत्तको मेरुदण्ड’
काठमाडौं । पूर्वाधार क्षेत्र मुलुकको आर्थिक वृत्तको मेरुदण्ड भएको सरोकारवालाहरूले बताएका छन् । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरूले राज्यले निर्माण उद्योगलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे ।
नेपाल निर्माण व्यवसायी महासंघले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार राजधानीमा गरेको ‘सञ्चारकर्मी अभिमुखीकरण’ कार्यक्रममा निवर्तमान सांसद् तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले निर्माण उद्योगमा धेरै समस्या रहेको बताए । कार्यक्रममा उनले पत्रकारहरूलाई निर्माण उद्योगका समस्याका बारेमा सही तरिकाले उठान गरिदिन समेत आग्रह गरे ।
निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य समेत रहेका लामाले राज्यले समेत निर्माण उद्योगलाई सही तरिकाले नहेरेको बताए । यस्तै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायको क्षेत्रमा आम जनतालाई सुसूचित गर्ने काम सञ्चारकर्मीको भएकाले सत्य, तथ्य र यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राष्ट्र निर्माणमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको बताए । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अगाडि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताए ।
कार्यक्रममा पूर्वाधारविज्ञ प्राध्यापक डाक्टर राजेन्द्र अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव चक्रवती कण्ठ, प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यपत्र प्रस्तुत गर्दै क्रमशः निर्माण व्यवसाय, निर्माण उद्योगसँग सम्बन्धित प्रचलित ऐन कानुन तथा पत्रकार आचारसंहितका विविध पक्षबारे चर्चा गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सौजन्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया