‘क्लिक टु करिअर’ कार्यक्रम सुरु
काठमाडौं । आईटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरुका लागि करियर विकास गर्ने ‘क्लिक टु करिअर’ कार्यक्रमको सुरुवात गरेको छ । यस कार्यक्रमले आईटी क्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टहरुलाई आईटी उद्योगको लागि आवश्यक पर्ने सीप प्रदान गर्ने, प्रशिक्षण दिने, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्ने बताइएको छ ।
यस कार्यक्रमले आईटी उद्योग र एकेडेमियाबीचको दूरीलाई पनि कम गर्न सहयोग गर्नेछ । यस कार्यक्रमअन्तर्गत इन्फोडेभलपर्सले अहिलेसम्म पाँचभन्दा बढी कलेजहरुमा ‘क्लिक टू करिअर’ कार्यक्रम सञ्चालन गरिसकेको छ । कम्पनीले सञ्चालन गरेको परीक्षामार्फत करिब दुई सय विद्यार्थीहरुलाई विभिन्न विधामा प्रशिक्षण प्रदान गर्नेछ । सहभागीहरुलाई आईटी डोमेनका विभिन्न प्रोजेक्टहरुमा संलग्न गराएर प्रशिक्षण दिने काम हुनेछ । इन्फोडेभलपर्समा कार्यरत विशेषज्ञहरुले सहभागीहरुलाई मेन्टरिङ तथा मार्गदर्शन समेत गर्नेछन् ।
‘क्लिक टू करिअर’ कार्यक्रमका संयोजक तथा इन्फोडेभलपर्सका सीओओ डा. राजिब सुब्बाका अनुसार यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई सूचना प्रविधिका विभिन्न प्रोग्रामिङ विधाहरुमा ६० घण्टाको प्रशिक्षण दिएर संस्थामा वास्तविक कार्यहरुसँग काम गर्ने अनुभव प्रदान गर्नु हो ।
यस कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा प्रशिक्षण दिइनेछ । यसैगरी यस कार्यक्रमले एन्ड्रोइड, रियाक्ट नेटिभ, पीएचपी, डट नेट, आईओएस, यूआई/यूएक्स डिजाइन, ग्राफिक डिजाइन, बिजनेस एनालिस्ट र फ्ल्टरजस्ता प्रोफेसनल तथा प्रोग्रामिङ कोर्सहरुमा करियर विकासको लागि विद्यार्थीलाई सहयोग गर्दछ । यस कार्यक्रममा प्रशिक्षण समाप्त भएपछि आफ्नो क्षमताअनुसार सहभागीहरुले रोजगारीको अवसर पनि प्राप्त गर्नेछन् । कम्पनीले गत वर्ष विन्टर कोड क्याम्प पनि आयोजना गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया