पाकिस्तानमा डेंगुको प्रकोप, ३० हजारभन्दा बढी संक्रमित
इस्लामाबाद । पाकिस्तानमा डेंगुको प्रकोप दिन प्रतिदिन फैलिएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा एक सय चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
योसँगै पाकिस्तानमा डेंगुबाट यस वर्ष मात्रै संक्रमित भएकाहरूको संख्या ३० हजार दुई सय ६७ पुगेको छ । इस्लामावाद जिल्ला स्वास्थ्य कार्यालय (डीएचओ)ले शनिबार दिएको जानकारी अनुसार कुल संक्रमितमध्ये दुई हजार चार सय ३५ जना राजधानी इस्लामावादका हुन् ।
डेंगुका कारण यस बर्ष मात्रै पाकिस्तानमा ६८ जनाको मृत्यु भएको पनि डिएचओले जनाएको छ । ती मध्ये छ जनाको राजधानी इस्लामावादमा मृत्यु भएको हो । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला डेंगुको प्रकोप पनि फैलिएको हो ।
बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको सिन्ध प्रान्त नै डेंगुबाट पनि सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ । सिन्ध प्रान्तमा डेंगुबाट मात्रै ३७ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण लाखौँ मानिस विस्थापित भएको, घरबार विहीन भएको र फोहोर भएकाले लामखुट्टेबाट जोगिन नसकेकाले पनि डेंगुबाट धेरै जना संक्रमित हुनु परेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । (रासस/एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया