बैतेश्वर गाउँपालिकाको एमबीबीएस अध्ययन छात्रवृत्ति उप्रेतीलाई
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले चालू वर्षदेखि सुरु गरेको एमबीबीएस डाक्टर अध्ययन छात्रवृत्ति वडा नम्बर–३ मिर्गे खानीगाउँका बवीराज उप्रेतीले प्राप्त गरेका छन् । उप्रेतीले नेपालकै जानकी मेडिकल कलेजमा अध्ययन गर्न छात्रवृत्ति पाएका हुन् ।
उनले अध्ययन गर्दा आउने सम्पूर्ण खर्च गाउँपालिकाले सहयोग गर्ने सम्झौता भएको छ । +२ विज्ञान विषयमा उत्तीर्ण गरेका २२ वर्षीय उप्रेती आर्थिक अभावको कारण अध्ययनको लागि नाम निकालेर पनि कलेज भर्ना हुनसकेका थिएनन् ।
बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा दोस्रोपटक निर्वाचित हुनसाथ गाउँपालिकाको छात्रवृत्ति अनुदानमा पालिकामै सेवा दिने गरी एमबीबीएस तहको डाक्टर उत्पादन गर्ने निर्णय गरेका थिए । उक्त निर्णअनुसार उप्रेतीले छात्रवृत्ति पाएका हुन् । गाउँपालिकाले लगातार एक–एक वर्षको अन्तरमा कलेज शुल्क बुझाउने छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया