चीनद्वारा जीडीपी र अन्य आर्थिक तथ्यांक सार्वजनिक गर्न ढिलाइ
हङकङ । चीनले मुख्य आर्थिक तथ्यांकहरु सार्वजनिक गर्न ढिलाइ गरेको छ । सार्वजनिक गर्ने भनी तोकिएको मितिको एक दिनअघि चीनले आर्थिक सूचकबारेको जानकारी सार्वजनिकीकरणमा ढिलाइ गरेको हो ।
चीनमा अहिले शासन सम्हालिरहेको चिनियाँ कम्युनिष्ट पार्टीको मुख्य राजनीतिक सम्मेलन चलिरहेको छ । चीनको नेशनल ब्युरो अफ स्टाटिस्टिक्सले पछिल्लो तथ्यांक सार्वजनिक गर्ने दिनबारे सोमबार जनाएको थियो । त्यसमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदरलगायतका महत्वपूर्ण तथ्यांक समावेश थियो । यसअनुसार सूचकहरु मंगलबारलाई उक्त दिन तोकिएको थियो । यसमा त्रैमासिक खुद्रा बिक्री, औद्योगिक उत्पादन र मासिक बेरोजगारी दरबारेका सूचकांक पनि सार्वजनिक हुँदै थिए ।
तर ब्युरोले नयाँ मिति घोषणा वा ढिलाइबारे केही उल्लेख गरेको छैन । यता चिनियाँ भन्सार प्राधिकरणले पनि मासिक व्यापारिक तथ्यांक सार्वजनिक गर्न ढिलाइ गरेको छ । जुन शुक्रबार सार्वजनिक हुने भनिएको थियो ।
तथ्यांक सार्वजनिकीकरणमा ढिलाइ हुनु र पार्टीको सम्मेलन हुनु एकैसाथ परेको छ । जारी सम्मेलनसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङले ऐतिहासिक तेस्रो कार्यकाल राष्ट्रपति हुने अवसर पाउने अनुमान गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया