ऐँचोपैँचो सहकारीको ३४औँ वार्षिक उत्सव
काठमाडौं । ऐँचोपैँचो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४औँ वार्षिक उत्सव तथा २९औँ वार्षिक साधारण शनिबार काठमाडौंको कालिमाटीमा सम्पन्न भएको छ ।
सभामा नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले वर्तमान अवस्थामा डिजिटल प्रविधिको प्रयोग र वित्तीय साक्षरता तथा वित्तीय हितको क्षेत्रमा संस्थाले कार्य गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष दयाराम प्रजापतिले वर्तमान आर्थिक संकटको समयमा सहकारीहरूले सिस्टम र सदस्य हितको क्षेत्रमा काम गरे मात्र दिगो रूपमा सञ्चालन हुनसक्ने कुरालाई मनन गर्दै संस्थालाई अगाडि बढाएको बताए । कार्यक्रमको सहजीकरण संस्थाका शिक्षा उपसमितिका सदस्य शालिकराम कालाथोकीले गरेका थिए ।
यस वर्ष सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनको कार्यक्रम समेत भएको हुँदा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया