चीन । एप्पलको आपूर्तिकर्ता फक्सकनले नोभेम्बरमा राजस्व ११ प्रतिशतले घटेको बताएको छ । सन् २०२१ को तुलनामा यो वर्ष विश्वकै ठूलो आईफोन कारखानाले आम्दानी घटेको उल्लेख गरेको हो ।
फक्सकनको प्लान्ट चीनको झेंग्झाउमा रहेको छ । चीनले कोरोनाभाइरस संक्रमण रोक्न गरेको कडाइले आईफोन निर्मातालाई झट्का लागेको हो । अक्टोबरको तुलनामा कम्पनीको राजस्व २९ प्रतिशतले घटेको बताइएको छ । जनवरीदेखि नोभेम्बरसम्म भने कम्पनीले ५९ खर्ब न्यु ताइवान डलर आम्दानी गरेको थियो । जुन कीर्तिमानी आम्दानी थियो । सन् २०२१ मा सोही अवधिको तुलनामा त्यो साढे १३ प्रतिशतले बढी थियो ।
यसैबीच, कम्पनीको राजस्वमा आएको गिरावटलाई चीनमा फैलिएको विरोधलाई पनि लिइएको छ । फक्सकनले चीनमा फैलिएको प्रतिरोधको पनि सामना गरेको छ । कम्पनीले यसअघि आफ्नो साथी या पारिवारिक सदस्यलाई कम्पनीमा ल्याउनेलाई एक हजार युआन बोनस दिने अफर पनि ल्याएको थियो ।
नोभेम्बरमा कलकारखानामा उत्तेजक विरोधका दृश्य देखिएको थियो । चीनको कोभिड शून्य नीतिको विरोधमा प्रदर्शन भएका थिए । त्यसयता चीनले केही सहज बनाउन खोजेको भने देखिएको छ । दर्जन बढी मुख्य सहरहरुमा लकडाउन अन्त्य गरिएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया