मूलभूमिसँगको आवतजावत खुकुलो हुँदा हङकङका लगानीकर्ता उत्साहित
हङकङ एयरपोर्टको ऋणपत्र किन्न हारालुछ
हङकङ । द एयरपोर्ट अथोरिटी अफ हङकङ (एएएचके)को तीन अर्ब डलरको ऋणपत्र बिक्रीमा लगानीकर्ताले अत्यधिक चासो दिएका छन् । एसियाकै ठूलो ट्रान्सपोर्ट हबमध्येको एक रहेको सहरको कोभिड यात्रा कडाइ हटाएपछि लगानीकर्ताहरु उत्साहित भएका हुन् ।
चार किस्ताको विमानस्थल सञ्चालकको पहिलो अमेरिकी डलरको ऋणपत्र बिक्री एकै वर्षमा आठ गुणाभन्दा धेरै बिक्री भएको हो । शुक्रबार मात्रै उसले २६ अर्ब डलरको अर्डर संकलन गरेको स्रोतले जनाएको छ । जुन नयाँ वर्षको पहिलो हप्तामा एक एसियाली ऋणपत्र जारीकर्ताले पाएको एक ठूलो अर्डर हो । दुई दिनअघि मात्रै हङकङ र मूलभूमि चीनबीचको यात्रामा गरिएको कडाइ फुकुवापछि लगानीकर्ताबाट ठूलो अर्डर आएको हो । हङकङलाई आर्थिक मन्दीमा डो-याइरहेको तीन वर्ष लकडाउनको अन्तिम अवशेषका रुपमा रहेको उक्त कोभिड कडाइ हटाउँदा यस्तो सुखद परिणाम आएको मानिसहरुले बताएका छन् ।
हङकङको विमानस्थलमा यात्रु ९४ प्रतिशतले घटेर गत वर्ष ४० लाखमा सीमित भएका थिए । जुन संख्या पहिलोपटक कोभिड महामारीअघि सन् २०१९ मा ७ करोड १५ लाख रहेको थियो । आगामी आइतबारदेखि कम्तीमा ६० हजार मानिसलाई क्वारेन्टिनमा बस्नु नपर्ने गरी हङकङ–शेञ्जेन सीमा पार गर्न दिइनेछ । कुल सात भूमि, जल र हवाइ चेकपोइन्टले अब नियमित रुपमा दुईतर्फी यात्रालाई सहजीकरण गर्ने स्थानीय अधिकारीले जनाएका छन् । त्रिवर्षीय अमेरिकी ट्रेजरी रेट (टी प्लस ७०) माथि ७० आधार विन्दुमा ५० करोड डलरको तीन वर्षे किस्ता दिइनेछ, यसअघिको कार्यविधि भने ३५ आधार विन्दुको कसिलो थियो ।
पञ्चवर्षीय कुल किस्ता १ अर्ब अमेरिकी डलरको छ जुन टी प्लस ९० मा अफर गरिनेछ जुन कार्यविधिअनुसार ४५ आधारविन्दुले कसिलो रहेको स्रोतले जनाएको छ । यो किस्ता हरित ऋणपत्र हो जुनचाहिँ विशेषगरी वातावरणमैत्री परियोजनाका लागि प्रयोग गर्न महत्वपूर्ण हुनेछ । जस्तो कि प्राविधिक अपग्रेड र तत्जन्य इन्स्टलेसन जसले कम ऊर्जा प्रयोगबाट प्रदूषण घटाउन सहयोग गर्छन् ।
सातवर्षे किस्ता रहेको ७० करोड डलरको ऋणपत्र टी प्लस ११५ मा उपलब्ध हुनेछ जुन सुरुवाती कार्यविधिबाट ४५ पिप्सले कसिलो रहेको छ । १० टी प्लस १२५ मा अफर गरिनेछ जुन अघिल्लो कार्यविधिबाट ५० आधारविन्दुले कसिलो रहेको छ । ‘थप कारोबारको सफलताले बलियो बजार पृष्ठभूमिलाई देखाउँछ र चीनसँगको सीमा खुल्ला हुँदै गर्दा हङकङमा लगानीकर्ताको विश्वास बलियो भएको देखाउँछ’, यससम्बन्धी सम्झौताको नेतृत्व गरिरहेका एक बैंकरले नाम उल्लेख नगर्ने शर्तमा भने ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया