फाप्लुबाट खुम्बुतर्फ कार्गाे ढुवानी
सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलबाट चार महिनामा दुई सय ५५ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी गरिएको छ । विमानस्थलबाट गत भदौदेखि हालसम्म २५५.५०८ टन कार्गाे लुक्ला ढुवानी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार भदौमा एक लाख ५५ हजार नौ सय ५० किलो, असोजमा १४ हजार दुई सय ८४ किलो, कात्तिकमा सात हजार तीन सय २० किलो, मंसिरमा एक हजार आठ सय चार किलो र पुसको हालसम्म एक हजार चार सय ५० किलो सामग्री ढुवानी गरिएको हो । जसमा निर्माण सामग्री, खाद्यान्न, काठलगायतका सामग्री रहेको विमानस्थल प्रमुख भानुभक्त आचार्यले बताए ।
उक्त सामग्रीहरु विमान तथा हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । खुम्बुको पालिका केन्द्रसम्म सडक सञ्जाल पुग्न नसक्दा सो क्षेत्रमा हवाइ सेवामार्फत निर्माण सामग्रीदेखि खाद्यान्न समेत ढुवानी गर्ने गरिएको छ । खुम्बुमा अधिकांश सामग्रीहरु काठमाडौं तथा मन्थलीबाट जहाजमार्फत ल्याइने गरेको छ भने कम मात्रामा सदरमुकामस्थित फाप्लु विमानस्थलबाट पनि ढुवानी गर्ने गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया