काठमाडौं, फागुन २९
ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाले यहाँभित्र रहेका समूहका महिलालाई मास्क बनाउने तालिम दिइरहेको छ । बजारमा कोभिड–१९ को संक्रमण बढ्नसक्ने अवस्थामा मास्कको अभाव भएसँगै उक्त तालिम दिइएको हो । महानगरपालिकाभित्र कुल २९ वडा र ३ सय ५१ आमा समूह रहेका छन् । यी वडाका प्रत्येक समूहका दुई महिलालाई महानगरले यही फागुन २६ गतेदेखि २९ गतेसम्म तालिम दिने भएको छ । सोमबार र मङ्गलबार ३० महिलाले यस तालिम लिइसके भने बुधबार र विहीबार ५८ जनाले तालिम लिने महाशाखाप्रमुख बाबुराजा महर्जनले बताए ।
महानगरपालिकाभित्र बस्ने सिलाइमा पूर्ण रहेका महिलाका लागि चारदिने तालीमको आयोजना गरेको उनले बताए । तालिम लिएकाहरुले आ–आफ्ना वडामा गएर अन्य महिलालाई पनि तालिम दिई मास्क उत्पादन गर्ने उनले बताए । कोभिड–१९ को संक्रमण कम गर्न मास्कले निकै सहयोग गर्ने महर्जनको भनाई छ । ललितपुरभित्रै मास्क उत्पादन भएपछि यहाँभित्रका महिला आफैं स्वरोजगार भई ललितपुरको पनि आर्थिक अवस्था सुदृढ हुने पाटन औद्योगिक क्षेत्रभित्र टेक्सटाइल उद्योग सञ्चालन गरिरहेका शैलेन्द्रलाल प्रधानले बताए । उनले भने, ‘यहाँभित्र मास्क उत्पादन भएसँगै सर्वसाधारण मानिसले सुलभ मूल्यमा यसको प्रयोग गर्न पाउनेछन् ।’ मास्क बनाउँदै जाने क्रममा मित्र राष्ट्रभित्र यसको अभाव भएमा यसलाई सजिलै निर्यात गर्न पनि सकिने प्रधानको भनाइ थियो । महानगरले तालीममा रहेका यी महिलालाई सुतीको कपडामा प्रयोग गरी मास्क बनाउन सिकाइरहेको छ । यो मास्क दैनिक धोएर पुनः प्रयोग गर्न मिल्ने खालको हुने बताइएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया