सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६औँ वार्षिक साधारणसभा
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा काठमाडौंको बालुवाटारस्थित टाइम्स स्क्वायर लाउन्जमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाबाट पेश भएको गत आर्थिक वर्षको वार्षिक आर्थिक विवरणसहितको वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । त्यस्तै गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन र सोही आर्थिक वर्षको वार्षिक वित्तीय विवरणअन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचीहरू साधारणसभाले स्वीकृत गरेको छ ।
साधारणसभाले चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सर्वसम्मतले स्वीकृत गरेको छ । साधारणसभामा सेयरधनीहरुले पुस मसान्तसम्म साधारणसभा गरेर जरिवानाबाट बच्नु राम्रो भए पनि आगामी वर्षदेखि पुस महिनाअगाडि नै साधारणसभा सम्पन्न गर्न सुझाव दिएका थिए । त्यस्तै उनीहरुले कम्पनीको हकप्रद निष्काशनमा भइरहेको ढिलाइबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष इन्द्र बहादुर थापाले विद्युत् नियमन आयोगबाट हकप्रदको लागि स्वीकृति प्राप्त हुने क्रममै रहेकोले आयोगबाट स्वीकृति आएपछि थपप्रक्रियाअगाडि बढ्ने बताए । उनले सिनर्जीले लगानी गरेको कम्पनीले निर्माण गर्ने आयोजनाको २५ प्रतिशत प्रगति भएपछि मात्र हकप्रदको लागि स्वीकृति प्राप्त हुने समेत बताए । यही प्राविधिक कारणले हकप्रदमा ढिलाइ भए पनि अब भने २५ प्रतिशत प्रगति भइसकेकोले अब माघ महिनामा स्वीकृति आइसक्ने उनको भनाइ छ ।
अध्यक्ष थापाले लाभांश दिनसक्ने अवस्था रहे पनि कम्पनीले त्यसलाई ऋण तिर्न र अन्य लगानी गर्ने प्रयोग गरेकोले आगामी वर्षदेखि उचित प्रतिफल दिने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया