ईश्वरभूमि सहकारीको अध्यक्षमा बस्नेत निर्वाचित
दोलखा । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर–३ मिर्गेमा रहेकोे ईश्वरभूमि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुवास बस्नेत निर्वातिच भएका छन् । संस्थाको शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले पुनः बस्नेतको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो ।
वडाध्यक्ष कमल अधिकारीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले आगामी चार वर्षको लागि नौ जनाको सञ्चालक समिति र तीन जनाको लेखासुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको जनाएको छ । सञ्चालक समितिको उपाध्यक्षमा दिल बहादुर खड्का, सचिवमा मेनुका गिरी, कोषाध्यक्षमा ढाल बहादुर बस्नेत निर्वाचित भएका छन् भने सदस्यहरूमा संगिता बस्नेत, बिन्दा कार्की, तारा नेपाली, ढाल बहादुर नेपाली, गोमा कार्की निर्वाचित भएका हुन् । त्यसैगरी रमिला कार्कीको संयोजकत्वमा तीन सदस्यीय लेखासुपरीवेक्षण समिति निर्विरोध चयन भएको छ ।
सात वर्षअघि स्थापना भएको यस संस्थाको कुल पुँजी ५९ लाख १० हजार तीन सय १७ रुपैयाँ पुगेको छ । त्यस्तै सेयर पुँजी तीन लाख ७९ हजार आठ सय रुपैयाँ पुगेको छ भने जगेडा कोषमा एक लाख २७ हजार दुई सय रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष ढाल बहादुर बस्नेतले जानकारी दिए । संस्थामा हाल तीन सय ५२ जना सदस्य आबद्ध रहेका छन् । संस्थाका अध्यक्ष सुबास बस्नेतको सभापतित्व तथा बैतेश्वर गाउँपालिका–३ का वडा अध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा ज्येष्ठ सदस्य, उत्कृष्ट सेयर खरिदकर्ता, असल ऋणी, नियमित बचतकर्ता र विद्यार्थीलाई सम्मान गरिएको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया