सेञ्चुरी बैंकको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं, फागुन २९
सेञ्चुरी कमर्सियल बैंकको नवौँ वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरूदेखि लिएर वृद्धवृद्धाहरू समेतको सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
रक्तदान कार्यक्रमा पनि ३५ जनाभन्दा बढीको सहभागिता थियो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको वार्षिक कार्यक्रममा बैंकले महेन्द्र माध्यामिक विद्यालय हेलम्बु ६, सिन्धुपाल्चोकलाई दुुई थान ल्यापटप र एक थान प्रोजेक्टर प्रदान गरेको छ । त्यसैगरी बैंकले आवर चाइल्थड केयर नामक अनाथाश्रमलाई खाद्य सामग्री पनि प्रदान गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया