बेइजिङ । चीनमा दशकौँपछि पहिलोपटक जनसंख्या घट्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्यांक ब्युरोले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख ५० हजार जनसंख्या कम पाइएको छ ।
एपीका अनुसार यो संख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरूबाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसंख्या हो । यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने ९० लाख ५६ हजार नवजात जनसंख्या रहेको थियो । योसँगै कुल जनसंख्या १.४१ अर्ब रहेको छ । कुल जनसंख्यामा पुरुषको संख्या ७२ करोड र महिलाको संख्या ६८ करोडको हाराहारीमा पुगेको छ । जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ ।
पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन । जनसंख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्वकारूपमा सहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ ।
चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बनेको छ । यद्यपि भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ । हाल भारतको जनसंख्या १.४ अर्बभन्दा बढी रहेको र बढ्दै गइरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया