डडेल्धुरा । लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट भइरहेको छ । लामो समयदेखि हिउँदे वर्षा भएको छैन । गँहुबाली लगाइएका खेत तथा गराबाँझै छन् ।
पानी नपर्दा र सिँचाइ नहुँदा गहुँबाली सुकेर नासिएको आलिताल गाउँपालिका–२ का किसान देवराज भट्टले राससलाई जानकारी दिए । खेतमा लगाइएको गहुँबाली सुक्न थालेपछि भोकमरी हुनसक्ने भयले किसान चिन्तित छन् । पाखो जमिनमा अकाशे वर्षाका भरमा लगाइने खेती पनि सुक्न थालेको छ ।
बजारमा गँहुको मूल्य अकासिँदै छ तर खेत बारी भने बाँझै छन् । असोज अन्तिम सातापछि वर्षा भएको छैन । वर्षा नहुँदा खोलानाला पनि सुक्दै गइरहेका छन् । जिल्लामा आठ हजार सात सय ४४ हेक्टर जमिनमा गहुँखेती गरिन्छ । गतवर्ष पनि खडेरीले गर्दा एक दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर मात्रै गहुँ उत्पादन भएको थियो । यसवर्ष पनि हिँउदे वर्षा नहुँदा किसान तथा किनेर खाने व्यक्तिलाई समेत समस्या हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए ।
वर्षा नहुँदा हिउँदे तरकारीको पनि उत्पादन घटेको छ । गहुँबाली लगाइने कूल क्षेत्रफलमध्ये वर्षात्को भरमा खेती हुने जमिन ६० प्रतिशत रहेको छ । यसवर्ष अन्य वर्षको तुलनामा उत्पादन ६० देखि ७० प्रतिशतले घट्ने ज्ञान केन्द्रले जनाएको छ ।
गहुँ तथा तेलहन बाली उत्पादनमा समेत ह्रास आउन सक्ने केन्द्रका प्रमुख भट्टले जानकारी दिए । लामो समयदेखि पानी नपरेका कारण खेतबारीमा धेरै ठूलो असर परेको मुद्राडस्थित अजयमेरु–१ का किसान शेरबहादुर भण्डारीले बताए । पाखो जमिन सुख्खा हुँदै गइरहेको र बाली पनि आकाशे पानीकोभरमा छर्नुपरेको अन्य किसानले बताए ।
उतिबेला छरियो बीउ लामो अवधिसम्म पनि पानी नपर्दा नउमे्रको र उम्रेका बिरुवा पनि मरिरहेको किसान भण्डारीको गुनासो थियो । खेतीपातीका भरमा परिवार पाल्ने किसान बढी चिन्तित छन् । उनीहरुले लगाएको अन्न सुक्दै गइरहेको छ र जग्गाजमिन बाँझो देखिन्छ । उच्च पहाडी क्षेत्रमा लगाएको अन्नबाली पानीको सुविधा नहुँदा नासिँदै गइरहेको अजयमेरु– ३ का इश्वरी चन्दले बताए । समयमा पानी नपरेकै कारण जिल्लाका अधिकाशं उर्वराभूिम बाँझो छ । तरकारी खेती गरिरहेका किसान पनि पानी नपर्दा चिन्तित छन्
क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, सहकारी–कृषि
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया