भीमदत्तमा एकीकृत तरकारी बजार निर्माण हुँदै
दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नं. ४ मा एकीकृत तरकारी बजार निर्माण गरिरहेको छ ।
नगरपालिकाले रु. साढे पाँच करोड लागतमा उक्त बजार निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले राससलाई जानकारी दिए । “कृषिउपज सामग्री, मीट मार्ट र कृषि औजारसमेत उक्त बजारमा उपलब्ध हुनेछन्”, उनले भने, “एक सय ५० सटर निर्माण भइरहेका छन्, त्यसमै शितभण्डारसमेत निर्माण हुन्छ ।” उनले दुई प्याकेजमा ठेक्का सम्झौता भएर काम भइरहेको बताए ।
उनका अनुसार २०७७ साउन २५ मा रु. एक करोड ७० लाखमा एमडी ग्रुप प्रालीसँग २०७९ असार २० मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । समयमा काम सम्पन्न हुन नसक्दा अहिले उक्त कम्पनी म्याद थप पक्रियामा छ ।
त्यसैगरी रु. तीन करोड ९९ लाखमा २०७७ जेठ ११ मा एम के नीरज निर्माण कम्पनीसँग २०८० जेठ ११ मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । अहिले उक्त निर्माण कम्पनीले काम गरेको भुक्तानी नपाउँदा निर्माणको काम प्रभावित बनेको छ । “नगरपालिकासँग बजेट नहुँदा निर्माण व्यवसायीको काम गरेको भुक्तानी गर्न सकिएको छैन”, इञ्जिनीयर भट्टले भने, “निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम प्रभावित बनेका छ ।”
यहाँका स्थानीयले भने नगरपालिकाले निर्माण गर्न लागेको तरकारी बजारले कृषकलाई सहयोग पुग्ने बताएका छन् । स्थानीय महेश जोशीले किसानका लागि अहिले ‘कोल्डस्टोर’को आवश्यकता भएकाले कोल्डस्टोर निर्माण गरिनुपर्ने बताए । “सबै किसिमका कृषि सामग्री एकै ठाउँमा उपलब्ध हुनु राम्रो हो”, उनले भने, “अहिलेको आवश्यकता कोल्ड स्टोर हो, यसले किसानलाई धेरै फाइउदा पुग्छ ।”
महेन्द्रनगरस्थित सब्जीमण्डीमा तकारीको व्यवसाय गरिरहेका किशोर सुनारले कोल्डस्टोरको सुविधा नहुँदा किसानको उत्पादन खेर गइरहेको बताए । “अहिले यहाँको स्थानीय टमाटर प्रतिकिलो रु. १० का दरले बिक्री भइरहेको छ”, उनले भने, “यहाँको उत्पादन सकिएपछि मूल्य बढ्छ, त्यसैले अहिले उत्पादन भएको तरकारी कोल्डस्टोरमा राख्नसके उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्छ ।” मौसमका बेला प्रशस्त तरकारी उत्पादन हुने कञ्चनपुरमा हालसम्म एउटा पनि कोल्डस्टोर छैन ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका, समाचार, सुदूरपश्चिम प्रदेश
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया