एनआईसी एसिया क्यापिटल र कुमारी जबबीच सम्झौता
काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेड र कुमारी जबबीच सम्झौता भएको छ । मानव संसाधनको क्षेत्रमा विगत नौ वर्षदेखि काम गर्दै आएको नेपालको प्रतिष्ठित रोजगारदाता कम्पनी कुमारी जब प्रालिले आफ्नो वित्तीय क्षमता अभिवृद्धि गर्न आईपीओ (प्रारम्भिक पब्लिक अफरिङ) जारी गर्ने विषयमा ‘आइडिया टु आईपीओ’ सेवा लिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
२०१४ मा स्थापित कुमारी कुमारी जबले योग्यता र क्षमताअनुसार काम खोज्ने अनुभवी व्यक्तिहरू र सही प्रतिभा खोज्ने रोजगारदाताहरूबीच पुलको रूपमा काम गर्नेगरेको छ । विभिन्न सेवाहरूमध्ये कुमारी जब डट कम पोर्टल नेपालकै अग्रणी अनलाइन जागिरको माध्यममार्फत जागिर खोज्ने र कर्मचारी खोज्ने संस्थाहरूलाई सेवाहरू प्रदान गर्दै विभिन्न योग्यता र सीपअनुसारको श्रमिक आपूर्ति र विभिन्न रोजगार मुलक तालिम तथा परामर्श दिँदै आइरहेको छ ।
सो सम्झौता समारोहमा बोल्दै कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले कम्पनीलाई उच्च प्रविधियुक्त एकीकृत सेवा साथै ग्लोबल प्याटफर्ममा पु¥याउनको लागि आईपीओमा जाने निर्णय गरेको बताए साथै सोही कार्यक्रममा बोल्दै क्यापिटलका सीईओ रमेन्द्र रायमाझीले आइडिया टु आईपीओअन्तर्गत एनआईसी एसिया क्यापिटलले संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको सेवा पनि प्रदान गर्ने बताएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया