रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला चार वर्ष भित्रमा निर्माण हुने
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण हुने भएको छ । दुई अर्ब ५० करोड रुपैयाँ बराबरको लगानीमा चार वर्ष भित्रमा उक्त रङ्गशाला बनाईने भएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज कुमार साहले जनकपुरधाम उपमहानगरको वडा नंं १४ स्थित रजौलमा बन्न लागेको रङ्गशालाको निरीक्षण गरि चार वर्ष भित्रमा रंगशाला निर्माण हुने प्रतिबद्धता समेत जनाएका छन । सो रंगशाला निर्माणको लागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरधामको विकासका लागि दिने भनेर घोषणा भएको १ अर्ब भारतीय रकम खर्च गरिने मुख्यमन्त्री यादवले बताए । यस्तै उनले बाँकी रकम प्रदेश सरकारले बिनियोजन गर्ने प्रतिवद्धता जनाए । सो रङ्गशालाको निर्माण गरेर ११औँ राष्ट्रिय खेलकुद जनकपुरधाममा नै गर्नका लागि प्रयास गर्ने उनको भनाई थियो । यस्तै रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण जिम्मा जनकपुरधाम उपमहानगरलाई दिने पनि मुख्यमंत्री यादवले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार
ट्याग : #Page 9
ताजा अपडेट
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया