नासभिल । यहाँस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यहाँको कोभिन्ट प्राथमिक विद्यालयका पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीको अनुमान छ ।
आक्रमणमा नौ वर्षका तीन जना बालबालिका तथा ६० वर्षभन्दा माथिका तीन जना शिक्षक मारिएका प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीय अड्रे हेललाई पनि प्रहरीले कारबाहीमा मारेको छ ।तीन देखि ११ वर्षका बालबालिकालाई पढाइने उक्त विद्यालय निजी क्षेत्रबाट सञ्चालित क्रिश्चियन स्कूल हो ।
गोलीकाण्डपछि विद्यालयले एक विज्ञप्ति जारी गर्दै विद्यालय परिवार स्तब्ध भएको जनाएको छ । “हामी अकल्पनीय क्षतिको शोकमा छौँ हाम्रो पाठशाला र गिर्जाघर चकनाचुर भएको छ, हामी हाम्रा छात्रछात्रा, शिक्षक र कर्मचारीको कल्याणमा केन्द्रित छौँ,” विज्ञप्तिमा भनिएको छ । गत वर्ष टेक्सासको उभाल्डेमा रहेको एउटा प्राथमिक विद्यालयमा भएको आम नरसंहारको घटना सेलाउन नपाउँदै भर्जिनियाको अर्को विद्यालयका कक्षा एकमा पढ्ने बालकले आफ्नै शिक्षिकामाथि गोली प्रहार गरेका थिए । गत साता डेनभरमा पनि विद्यालयमा भएको गोलीकाण्डमा दुई जना घाइते भएका थिए ।
आएको एक अमेरिकी संस्थाका अनुसार सन् २०२३ प्रारम्भ भए यता एक सय २९ वटा गोलीकाण्ड भइसकेका छन् जसमा चार जनाभन्दा बढीको ज्यान गएको छ । यसैबीच, गोलीकाण्डबाट आहत भएका राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाविरुद्धको अभियानलाई पूर्णता दिन अमेरिकी विधायकलाई पुनः आह्वान गरेका छन् । रासस / एपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया