सेलपे सेवामा रकम स्थानान्तरण निःशुल्क
काठमाडौं, चैत ११
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भीडभाड र हुलमुल कम गर्न आइतबारदेखि वैशाख १८ गतेसम्मको लागि रकम स्थानान्तरण सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । हाल विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भीडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा सेलपेका ग्राहकहरुले सेलपे एपबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेबाट विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर लगायतको भुक्तानी गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया