सोलुखोलाबाट अवैध उत्खनन तीव्र
सोलुखुम्बु । जिल्लामा रहेको सोलुखोला ढुंगा, गिटी उत्खनन गर्ने थलो बनेको छ । केही समययता सोलुदुधकुण्ड नगरपालिका ४ र ५ क्षेत्रको सोलुखोला अवैध रुपमा ढुंगा गिटी तथा बालुवा उत्खनन गर्ने अखडा बनेको हो ।
अहिले सोलुखोलाको बीच भागबाटै डोजर प्रयोग गरी धमाधम ढुंगा उत्खनन भइरहेको स्थानीयले बताएका छन् । खोला नै सुकाएर बीचबाट निकालिएको नदीजन्य पदार्थहरु गाडीका गाडी निकासी भइरहेको सर्वसाधरणले बताएका छन् । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘सोलुखोला अहिले ढुंगा, बालुवा उत्खनन गर्ने थलो बनेको छ, तर सम्बन्धित निकाय मौन छ, मेसिन लगाएर दिनरात नभनी नदिजन्य पदार्थ उत्खनन भइरहेको छ र रातरात गाडीबाट निकासी भइरहेको छ ।’ खोलाबाट निकालिएका नदीजन्य वस्तुहरु विभिन्न क्रसर उद्योग तथा आयोजनाहरुमा बिक्री भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् । खोलामै मेसिन लगेर उत्खनन भइरहेको नदीजन्य पदार्थहरु खोलामै टिप्पर तथा ट्याक्टर लगेर खुलेआम रुपमा निकासी भइरहेको स्थानीयवासी बताउँछन् ।
हाइड्रोपावर आयोजनाका कारण खोलामा पानी सुकाएर बगरमा परिणत भएसँगै क्रसरहरुको नजर नदीजन्य पदार्थ उत्खनन परेको हो । जसका कारण नजिकका बस्तीहरु तथा पर्यवरणमा समेत असर गर्न सक्ने स्थानीयको चिन्ता छ । यसले गर्दा वातारणदेखि प्राणीजगतको जीवनचक्रमा समेत खलल पुग्न सक्ने वातावरणविज्ञ राजन थापाले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले भने सोलुदुधकुण्ड नगरपालिकाले अनुमति दिएको बताएको छ । क्रसर उद्योगहरुसँग आफूले कुरा गर्दा नगरपालिकाबाट अनुमति लिएर उत्खनन गरेको बताएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । तर यता नगरपालिकाले भने उत्खननको कुनै अनुमति नदिएको बताएको छ । नगरपालिकाले कुनै पनि क्रसरहरुलाई अवैध उत्खनन गर्ने अनुमति दिन नमिल्ने भन्दै त्यस्तो कार्य बन्द गराउने नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 9
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया