हिमाल सरसफाइ अभियानमा कोका–कोलाको साथ
काठमाडौं । चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले पनि साथ दिएको छ । नेपाली सेनाको नेतृत्वमा ‘हिमाल बचाउने प्रयास’ नारासहित हिमाल सफाइ आयोजना भइरहेको छ ।
अन्य थुप्रै सरोकारवाला निकायहरूको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबैभन्दा ठूलो डोनर रहेको जनाइएको छ । अभियानको उद्देश्य हिमालमा पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने रहेको छ । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुण हिमाल गरी आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गर्ने यो कार्यक्रम चैत १४ देखि सुरु भएको र जेठ २२ सम्म सञ्चालन हुनेछ । यो अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिनेछ ।
सफाइ टोलीमा आरोही, डाक्टर र शेर्पाहरू छन् । प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेस क्याम्प म्यानेजर र २ डेप्युटी डिरेक्टरहरु समावेश छन् । त्यसैगरी फोहोर संकलन, लोडिङ र अन्य सहयोगको लागि ४५ शेर्पाहरु पनि रहेका छन् । त्यस्तै सञ्चालन, समन्वय र रियर अपरेसनको लागि अन्य २० जना कर्मचारीहरू रहेका छन् ।
नेपाली सेनाको नेतृत्वमा सन् २०१९ मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाइ अभियानमा १० हजार पाँच सय ८६ किलो फोहोर संकलन भएको थियो । यस्तै २०२१ मा भएको दोस्रो संस्करणमा छवटा हिमालबाट २७ हजार छ सय ७१ किलो फोहोर निकालिएको थियो । अभियानको तेस्रो संस्करण २०२२ मा चारवटा हिमालबाट ३३ हजार आठ सय ७७ केजी फोहोर (७,२२७ केजी बायोडिग्रेडेबल र २६,६५० केजी नन–बायोडिग्रेडेबल) संकलन गरिएको थियो । सगरमाथा, ल्होत्से हिमाल, मनास्लु हिमाल र कञ्चनजंघा हिमालबाट संकलन भएका यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरू, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया