बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । एक करोड २५ लाख रुपैयाँ बिगो कायम भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार कारसाङ घिसिङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नुवाकोट जिल्ला, गाउँखर्क गा.वि.स.वडा नं.०६ हाल परिवर्तित दुप्चेश्वर गाउँपालिका. वडा नं.०२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.०६ महांकाल बस्ने वर्ष ३९ को तामाङलाई पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा एक करोड २५ लाख रुपैयाँ बिगो कायम भई फरार रहेका प्रतिवादी तामाङको नाममा उच्च अदालत पाटन, ललितपुरबाट २०७९ फागुन २६ गते पक्राउ पुर्जी जारी भएको थियो । सो लगत्तै फरार भएका तामाङलाई काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । तामाङलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : बिबिध, सुरक्षा अपराध
ट्याग : #page 2
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया