नेपाली इलेक्ट्रिक मोटरसाइकल ‘गन्तव्य’ सार्वजानिक
काठमाडौं,सुन्दर अटो इन्जिनियरिङ प्रा.लि.द्वारा आफ्नै डिजाइनमा तयार गरिएको नेपाली इलेक्ट्रिक मोटरसाइकल ‘गन्तव्य’ सार्वजानिक गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार एक कार्यक्रमका बीच नेपाली इलेक्ट्रिक मोटरसाइक सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा उनले सरकारले विद्युतीय साधनको प्रयोगलाई प्राथमिकतामा राखेको बताए । मन्त्री बस्नेतले पेट्रोलियम सवारीलाई विद्युतीय बनाउने प्रयासले नेपाल र नेपाली दुवैले फाइदा लिन सक्ने भन्दै काठमाडौंलगायत अन्य क्षेत्रमा ट्रली बस सञ्चालनका लागि सरकार सक्रिय रहेको बताए । जलस्रोतमा आधारित ऊर्जाबाट मुलुकको समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले यसलाई व्यापक बनाउने सरकारको प्राथमिकताको विषय भएको उनको भनाइ थियो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले सुन्दर अटो इन्जिनियरिङले नेपालमै इलेक्ट्रिक मोटरसाइकलको उत्पादन गरेर ऊर्जा आयातलाई क्रमशः कम गराउँदै लैजाने कार्यमा सघाउ पु¥याउन भूमिका खेलेको बताए ।
सरकारले समेत आगामी दिनमा चार्जिङ स्टेशन निर्माणदेखि अन्य विभिन्न समस्याहरुलाई समाधान गर्न निरन्तर सहयोग गर्ने उनले बताए । कार्यक्रममा सुन्दर अटो इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाले नेपालमा विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर कार्य गरिदिन सरकारसँग आग्रह गरे । सुन्दर अटो इन्जिनियरिङले विद्युतीय सवारी साधन उत्पादन तथा बाइकको नामाकरण, कम्पनीको नामाकरणलगायतका कार्यक्रममा भूमिका खेलेको भन्दै विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया