उपभोक्ताको कम खर्च गर्ने बानीले जर्मनीमा मन्दी
जर्मनी । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रका उपभोक्ताहरूले कम खर्च गर्दा जर्मनी मन्दीमा फसेको छ । गत वर्ष ऊर्जाको मूल्यमा परेको झट्काले उपभोक्ताको खर्च गर्ने बानी घट्दा यस वर्ष जर्मनीमा मन्दी देखिएको हो ।
यस वर्षको पहिलो तीन महिनामा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको उत्पादन शून्य दशमलव तीन प्रतिशतले घटेको छ । जब कि सन् २०२२ को अन्त्यमा जर्मनीको अर्थतन्त्रको उत्पादनमा शून्य दशमलव पाँच प्रतिशतले संकुचन आएको थियो ।
संघीय तथ्यांकीय कार्यालयले अघिल्लो त्रैमासको तुलनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा शून्य वृद्धिको अघिल्लो अनुमानलाई घटाएको छ । कार्यालयले मन्दीलाई लगातार दुई चौथाइ घट्ने उत्पादनको रूपमा परिभाषित गरेको छ ।
‘उच्च मूल्य वृद्धिको निरन्तरताले वर्षको सुरुमा जर्मन अर्थतन्त्रमा बोझको रूपमा जारी राख्यो’, कार्यालयले भनेको छ ‘यो विशेषगरी परिवारको अन्तिम उपभोग खर्चमा प्रतिविम्बित भएको थियो, जुन २०२३ को पहिलो त्रैमासिकमा एक दशमलव दुई प्रतिशत कम थियो ।
अर्थशास्त्री क्लाउस भिस्टेसनले आर्थिक वर्षको पहिलो त्रैमासमा ऊर्जाको मूल्यमा भएको झट्काले उपभोक्ताको खर्च घटेकोले समस्या आएको बताए ।
गत वर्षको फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्दा युरोपेली ऊर्जाको मूल्य अत्यधिक बढेको थियो । त्यसपछि मस्कोले युरोपेली देशहरूमा ग्याँस आपूर्तिमा अवरोध गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया