काठमाडौं । एनएमबी बैंकको महोत्तरी शाखाबाट रकम लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिपकुमार गिरीका अनुसार मंगलबार अपराह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नं. २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो ।
चार जनाको समूहमा आएका लुटेराहरुले पेस्तोल देखाएर रकम लुटेको डीएसपी गिरीले जानकारी दिएका छन् । लटुपाटपछि बाहिरिएको सीसीटीभी फुटेजअनुसार चार जनाको समूहमा आएका लुटेराहरू मास्क लगाएर बैंकभित्र पसेका थिए । सोपश्चात् उनीहरूले पेस्तोल देखाएर बैंकमा आएका ग्राहक र कर्मचारी समेतलाई नियन्त्रणमा लिए रकम लुटपाट गरेका थिए ।
कति परिमाणमा रकम लुटपाट भएको हो भन्ने एकिन जानकारी हालसम्म प्राप्त नभए पनि बैंकले करिब ३५ लाख रुपैयाँ लुटपाट भएको बताएको प्रहरीले जनाएको छ । प्रहरीले लुटेराहरुको खोजी कार्य जारी राखेको बताएको छ ।
क्याटेगोरी : बिबिध, बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- ‘अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक’
- गोरखापत्रलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइनुपर्छ: मन्त्री शर्मा
- उत्पीडित वर्ग, जाति र समुदायलाई आफ्नो अधिकारको रक्षा गर्न प्रधानमन्त्रीको अपिल
- डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई राहत
- एक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया