ललितपुरमा जुत्ता चप्पल व्यापार मेला
काठमाडौं । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला बुधबारदेखि एक महिनासम्म सञ्चालन हुने भएको छ । “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित ललितपुरको जावलाखेलस्थित खेल मैदानमा मेला हुने आयोजकले जनाएको छ ।
मेलाको आयोजक नेपाली जुत्ता चप्पल उत्पादक समूहले सोमबार पत्रकार सम्मेलन आयोजना गरी बुधबारदेखि असार १७ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिएको हो । नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरू किरण सुज म्यानुफ्याक्चर्सको उत्पादनहरूको मेलामा सहभागिता रहने मेला संयोजक दिवाकर गिरीले जानकारी दिए । उनका अनुसार मेलामा गोल्डस्टार, रोयल सुज, विएफ डियर हिल र विएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल, हाई लाइफ, केटीएम, डिजे सुज गरी नौवटा कम्पनी र ब्राण्डहरूको सहभागिता रहनेछ । यस्तै, मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने छन् भने नयाँ उत्पादनहरूसमेत लन्च गरिने भएको छ । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको छ ।
मेला अवधिभरमा तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको मेला संयोजक गिरीले जानकारी दिए । मेला अवधिभरमा पाँच करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । यस्तै, मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । आर्थिक मन्दी र बैंकहरूमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण विषम परिस्थितिमा रहेका उद्योगी व्यवसायीहरूको मस्तिष्कलाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनका निमित्त मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया