नेपाल सरकारले कडा सुरक्षा अपनाएता पनि भारतबाट छिरे कोरोना पोजेटिभ नागरिक
बिरगंज चैत्र ३०
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नंबर २ छिपकैयाको जामे मस्जिदबाट ३ जना भार्तीय नागरिक गत शुक्रबार पक्राउ परेको थियो। बिश्वभरी फैलिएका महामारी (कोभिड १९) ले गर्दा नेपाल भारत तथा अन्य देशमा लकडाउन जारी नै रहेका छन्। लकडाउन कै बेला ३ जना भार्तीय नागरिकमा ( कोभिड १९) पोजेटिभ देख्दा बिरगंजबासिन्दाका लागि ठूलो चुनौतीपूर्ण बनेका छन्।
पक्राउ परेका तिनै जनामा कोरोना भाईरस जस्तो लक्षण हेर्दा नारायणी अस्पतालका चिकित्सक ल्याब परिक्षणका लागि तिनै जनाको रगत हेटौंडा स्थित ल्याबमा पठाईएको थियो। सो ल्याबको रिपोर्ट पोजेटिभ आएपछि बिरगंजबासीलाई झण त्रासित बनाई दियो। तर सो रगत पुणह चेकजाँचका लागि काठमाडौं स्थित टेकु ल्याबमा पठाईएको थियो। तर सो ल्याबमा पनि पोजेटिभ रिपोर्ट आउँदा मस्जिद जाने बाटो सहित सो एरियालाई सिलबन्दी गरेका छन्।
पक्राउ परेका तिनै जनालाई नारायणी अस्पतालको आईसोलेसन बेडमा राखेका छन्। उनिहरुको भनाई हामी सप्तरीमा लागेको जमातीमा भाग लिन आएका थियौं। तर सप्तरीमा फागुन ३,४,५ गते मस्लिम धर्मको जमाती लागेको थियो। उनीहरुको मार्च ४ अर्थात् फागुन २१ गते रिटर्न टिकेट रहेता पनि उनीहरुले भने लकडाउनका कारण हामी यतै फसेको छौं। तर नेपाल र भारतमा चैत्र ९ र १० गते देखि लकडाउन सुरु भएका छन्। जो अहिले निरन्तर नै रहेका छन्।
केही दिन पहिला लागेको दिल्लीको नेजामुदिन ईलाकाको जमातीबाट आएको संका उत्पन्न भईरहेको स्थानीयहरुले बताएका छन्। पक्राउ परेको तिनै जना मुस्लिम समुदायको भएको कारण जामे मस्जिदको मौलाना अलि असगरको संरक्षणमा बसोबास गर्दै आएको स्थानियले अनुमान लगाएका छन्।
सो तिनै जना दुवै देशको बोर्डरमा कडा सुरक्षा रहेता पनि भारतबाट नेपाल कसरी आयो यो अहिले खुलेको छैनन्। तिनै जना मध्ये दुई जना उत्तर प्रदेशको र एक जना दिल्लीमा बसोबास गर्दै आएको र नेपालमा कोरोना फैलाउन आएको स्थानीयले जनाएका छन्। ती भार्तीय नागरिकले नेपालमा कोरोना संक्रमित बढाउन भारतबाट नेपाल आएकोले सरकारलाई गम्भीरतापूर्वक एकसन लिन स्थानीयबासिन्दाले माग राखेका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया